पहिले बालेन लाइ कसैले मुस्लिम त कसैले क्रिश्चियन भने तर माता पाथीभरा को तस्वीर ले सत्य उजागर गर्यो।जसले जसरी व्याख्या गरे पनि मैले बालेन सधै राष्ट्रिय राजनीतिमा उदाएको देख्न चाहेको थिएँ, यो थियो उनको विकासप्रतिको राष्ट्रवादी सोच । किनकि मधेशवादी भनेर क्षेत्रिय राजनीति गर्ने नेता यादव, ठाकुर, महत्तो र झा हुन वा सिके राउत यी कसैले पनि मधेशी जनतालाई मधेशभन्दा माथि उठेर नेपाली हुन र सम्पूर्ण नेपालप्रति अपनत्व अनुभूत गर्न दिइरहेका थिएनन् । कारण थियो, म नेपाली हुँ र सम्पूर्ण नेपालप्रति मेरो दायित्व छ भनेको दिन यी मधेशवादी भन्नेहरुको राजनीति सकिने वाला थियो । पुराना पार्टीहरु पनि यही भजाइरहेका थिए । आफ्नो राजनीति बचाइरहन यो डिभाइड एण्ड रुलको सिद्धान्त यिनलाई जरुरी थियो । नेपाली भाषा बोल्ने दौरा सुरुवाल लगाएका नेता जस्ता देखिने भ्रष्टहरुले मधेशलाई सधैं तँ फरक होस्, तँ बेग्लै होस् र असभ्य होस् भनेर गिज्याइरहे र आजसम्म पनि दमकबाट तिमीहरु गुइँठे भनेर जिस्काइरहेका छन् । तर अब बालेनको उदयपछि यो तोडियो । बालेनले मधेश बेग्लै नभएर नेपालको आत्मा हो भन्ने देखाइदिए । मलाई के विश्वास छ भने अब बालेनको उदयसँगै मधेशले कहिल्यै जुम्ला र ओलाङचुङगोलालाई दूर देख्ने छैन, उनीहरु देख्ने छैन । ताप्लेजुङमा बालेनले प्रेम पाएका उनी ह्याण्डसम भएर होइन उनको देश जोड्ने सोचको कारणले हो । त्यसैले यसपालि चुनावमात्र भइरहेको छैन सोचमा समेत रुपान्तरण भइरहेको छ ।म लाइ राजनीति संग घृणा थियो गाँडतंत्रे हरू को सोचाइ कै कारण तर तिरहुतिया गाछी मा बालेन ले भने कि प्रशासकिय अधिकृत बदल्न जनकपुर को मेयर लाइ काठमांडू धाउनू पर्छ।यसले उहाँ को गणतंत्र प्रति को आक्रोश देखायो।हामी सबै को नैतिक जिम्मेदारी हो कि घंटिमय नेपाल बनाउँ,एक्सपायर भयेको नेता धपाँउ।जय बालेन, जय घंटी, जय मधेश जय मिथिला।#Balenshah
#❤️Love You ज़िंदगी ❤️